Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित
विज्ञापन
Advertisement

बर्दिबास । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी विकास प्रबन्धक (एडीएम) तथा ‘इमर्जिङ सन क्लब’का लागि योग्य अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम,उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीको समेत आतिथ्यता रहेको थियो।

कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको आर्थिक वर्ष २०८३/८४ को बिक्री नीति तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे।

प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए। अभिकर्ताहरूको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सधैँ तयार रहेको उल्लेख गर्दै उनले आगामी दिनमा अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिइने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा छुट्टै पहिचान र सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताए। कम्पनीको सफलतामा मधेश प्रदेशका अभिकर्ता, एडीएम तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासप्रति आभार व्यक्त गरे।

उनले आगामी दिनमा मधेश प्रदेशमा जीवन बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई निरन्तर प्रोत्साहन र सम्मान प्रदान गरिने पनि उनले बताए।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा ‘इमर्जिङ सन क्लब’का लागि योग्य अभिकर्ताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्ताहरूमा थप उत्साह र ऊर्जा थप्दै आगामी दिनमा उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमले अभिकर्ताको उत्प्रेरणा,नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा केन्द्रमार्फत जीवन बीमा सेवा र बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीले बीमाको पहुँच विस्तार,अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit