Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

डिजिटल माध्यमको विकाससँगै विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

डिजिटल माध्यमको विकाससँगै विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड
विज्ञापन
Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीसँग सोमबार भएको भेटमा मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा विगतमा देखिएका आर्थिक अनियमिततालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन बजारसँग जोडिएका सबै पक्षले आफ्नो जिम्मेवारी पारदर्शी र व्यावसायिक रूपमा निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री तिमिल्सिनाले केही समयअघि जारी भएको राष्ट्रिय विज्ञापन नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने बताए। विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, नियामक निकाय र उपभोक्तासहित विज्ञापन बजारसँग जोडिएका सबै पक्षको भूमिका महत्वपूर्ण रहेको उनले बताए।

डिजिटल माध्यमको तीव्र विकाससँगै विज्ञापन गर्ने शैली र उपभोक्ताको व्यवहारमा समेत परिवर्तन आएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले परम्परागत विज्ञापनका माध्यम मात्रै पर्याप्त नहुने बताए। प्रविधिको विकास र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा उनले जोड दिए। उनले नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रलाई सिर्जनात्मक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। विज्ञापन क्षेत्रको विकासले सञ्चारमाध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगारी सिर्जना र व्यापार–व्यवसाय प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो।भेटमा राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले कोभिड–१९ महामारीपछि अर्थतन्त्रसँगै विज्ञापन व्यवसायसमेत प्रभावित भएको उल्लेख गर्दै विज्ञापन बजार र विज्ञापन एजेन्सीले भोगिरहेका समस्या तथा कानुनी र नीतिगत विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। संघले विज्ञापन एजेन्सीले सरकार, सञ्चारमाध्यम, विज्ञापनदाता र उपभोक्ताबीच महत्वपूर्ण सेतुका रूपमा काम गर्दै आएको उल्लेख गर्दै यस क्षेत्रले हजारौँ रोजगारी सिर्जना गर्नुका साथै व्यापार तथा व्यवसाय प्रवद्र्धनमा योगदान पुर्‍याउँदै आएको जनाएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit