काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल) भित्रबाट शुक्रबार आयोजनामा कार्यरत दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको हो।
सुरुङभित्र अझै थप व्यक्तिहरू रहन सक्ने आशंकामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीले उक्त सुरुङभित्र खोजी तथा उद्धार कार्यलाई तीव्रताका अगाडि बढाइरहेको छ ।



















प्रतिक्रिया दिनुहोस्