Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति

रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित घरपरिवार तथा व्यावसायिक प्रतिष्ठानको सम्पत्तिमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) अन्तर्गत गरेको घरधुरी सर्वेक्षणमा घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड र व्यावसायिक प्रतिष्ठानमा ९ अर्ब ६० करोड रुपैयाँको क्षति देखिएको हो। यसमा घरजग्गा, खेतीपाती, पशुपन्छी, सवारीसाधन र घरायसी सामानको क्षति समेटिएको छ। सडक, जलविद्युत्, सार्वजनिक पूर्वाधार तथा वातावरणको क्षति भने यसमा समावेश छैन।

आयोगका अनुसार ३ हजार ६१० परिवारको ५०७.९७ हेक्टर जमिन पुरिँदा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। घडेरीको मूल्यमा १३ अर्ब २६ करोड र घर निर्माण लागतका आधारमा ११ अर्ब ९५ करोड रुपैयाँको क्षति भएको छ। त्यस्तै, बहुमूल्य तथा सांस्कृतिक वस्तुमा ५ अर्ब २ करोड, घरायसी सामानमा १ अर्ब ४५ करोड र सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँको क्षति भएको छ।

सर्वेक्षणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा गरी ३२ हजार ८७२ जना प्रभावित भएका छन्। नुवाकोटमा १७ हजार ९५४, रसुवामा ९ हजार ६७६, धादिङमा ४ हजार ५८४ र गोरखामा ६५८ जना प्रभावित भएका हुन्। यस्तै, बाढीले ४ हजार १५१ भवन संरचनामा क्षति पुर्‍याएको छ। तीमध्ये २ हजार ९८९ संरचना पूर्ण रूपमा बगेका वा नष्ट भएका छन् भने ३ हजार १९४ संरचना पुनःप्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्।

यसअघि गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) ले पुनर्निर्माण तथा पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको थियो। आयोगले सार्वजनिक गरेको ७९ अर्ब १७ करोड रुपैयाँ भने घरपरिवार र व्यवसायको सम्पत्तिमा भएको क्षतिको प्रारम्भिक विवरण हो। सार्वजनिक पूर्वाधार, जलविद्युत् र अन्य क्षेत्रको क्षतिसमेत समेटेर पूर्ण प्रतिवेदन तयार भइरहेको आयोगले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit