Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

आठ सहरमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला बनाउँदै सरकार, पूर्वाधार मन्त्री भन्छन्– प्रकृया अघि बढिसक्यो

आठ सहरमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला बनाउँदै सरकार, पूर्वाधार मन्त्री भन्छन्– प्रकृया अघि बढिसक्यो
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि बढाएको हो।

विज्ञापन
Advertisement
Advertisement

आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्। उनका अनुसार प्रस्तावित रंगशालाहरू ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्न सकिने गरी निर्माण गर्ने योजना छ। ‘होम एन्ड अवे’ प्रणालीमा दुई टोलीले एकअर्काको घरेलु मैदानमा एक–एक पटक गरी दुई पटक प्रतिस्पर्धा गर्छन्।

मन्त्री लम्सालले एनपीएललाई देशव्यापी बनाउँदै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ।’

तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै उनले यस योजनाले नेपाली क्रिकेटको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्। ‘तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौँ,’ मन्त्री लम्सालले लेखेका छन्। योजनाको कार्यान्वयन भए अबको छैठौँ वा सातौं संस्करणको एनपीएलका क्रिकेट प्रतियोगिताहरू काठमाडौंमा मात्र सीमित नरही देशका विभिन्न सहरमा आयोजना गर्न सकिने अपेक्षा गर्न सकिन्छ। फ्लडलाइटसहितका रंगशाला निर्माण भएमा रातिको समयमा समेत खेल सञ्चालन गर्न सहज हुने र दर्शकको सहभागिता बढाउन मद्दत पुग्नेछ।

मन्त्री लम्सालले रंगशाला निर्माण योजनालाई अघि बढाउन नेपाल क्रिकेट संघ (क्यान) लाई पनि आवश्यक तयारी गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘क्रिकेट संघ (क्यान)ले पनि सोहीअनुरूप आवश्यक तयारी अघि बढाओस्। एनपीएलको सफल आयोजनाका लागि हार्दिक शुभकामना।’ नेपालमा क्रिकेटप्रतिको आकर्षण बढिरहेका बेला सरकारले अघि सारेको यो योजनाले खेल पूर्वाधार विस्तार, प्रतियोगिताको पहुँच वृद्धि र नेपाली क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit