
काठमाडाैँ ।नेपाली कांग्रेसको महामन्त्री गगन थापाले एमाले कांग्रेस नेतृत्वको सरकारले सबैको सहमतिमा संविधान संसोधन गरिने बताएका छ्न ।
४९ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा हेटौंडाम अयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले देशको स्थायित्वको लागि संविधान संसोधन आवश्यक रहेको उनले बताए । अहिलेको निर्वाचन प्रणालीले गर्दा देशमा राजनीतिक स्थायित्व नआउने देखेर एमाले–काङ्ग्रेस मिलेर सरकार निर्माण गर्दै संविधान संसोधनको तयारी गरेको बताए ।
सरकारले संविधान संसोधनको विषयलाई सबै दलको साझा धारणा बनाएर लैजाने कसरत सुरु गरिसकेको भन्दै थापाले संघियताको विषयलाई पनि संविधान संसोधनमार्फत केही परिमार्जन गर्नुपर्ने बताए ।
प्रदेशको अहिलेको संख्यामा जनप्रतिनिधि आवाश्यक नरहेको बताउदै थापाले प्रदेश तहमा हुने जनप्रतिनिधि र मन्त्रीको सङ्ख्यालाई संविधान संसोधन मार्फत घटाइनुपर्ने बताए ।
फरक प्रसङ्गमा बोल्दै थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए । उनले भने आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’
प्रतिक्रिया दिनुहोस्