Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सबैको सहमतिमा संविधान संशोधन हुन्छः गगन थापा

सबैको सहमतिमा संविधान संशोधन हुन्छः गगन थापा
विज्ञापन
Advertisement

काठमाडाैँ ।नेपाली कांग्रेसको महामन्त्री गगन थापाले एमाले कांग्रेस नेतृत्वको सरकारले सबैको सहमतिमा संविधान संसोधन गरिने बताएका छ्न ।

विज्ञापन
Advertisement
Advertisement

४९ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा हेटौंडाम अयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले देशको स्थायित्वको लागि संविधान संसोधन आवश्यक रहेको उनले बताए । अहिलेको निर्वाचन प्रणालीले गर्दा देशमा राजनीतिक स्थायित्व नआउने देखेर एमाले–काङ्ग्रेस मिलेर सरकार निर्माण गर्दै संविधान संसोधनको तयारी गरेको बताए ।

सरकारले संविधान संसोधनको विषयलाई सबै दलको साझा धारणा बनाएर लैजाने कसरत सुरु गरिसकेको भन्दै थापाले संघियताको विषयलाई पनि संविधान संसोधनमार्फत केही परिमार्जन गर्नुपर्ने बताए ।

प्रदेशको अहिलेको संख्यामा जनप्रतिनिधि आवाश्यक नरहेको बताउदै थापाले प्रदेश तहमा हुने जनप्रतिनिधि र मन्त्रीको सङ्ख्यालाई संविधान संसोधन मार्फत घटाइनुपर्ने बताए ।

फरक प्रसङ्गमा बोल्दै थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए । उनले भने आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit