Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ 

राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ 
विज्ञापन
Advertisement
बागमती ।आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१\0८२ को छ महिनाको अवधिमा रु तीन अर्ब १९ करोड छ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत सङ्कलन भएको हो ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१र८२ को छ महिनाको अवधिमा रु तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । यही साउनदेखि पुस महिनासम्मको अवधिमा अन्तशुल्क तर्फ रु एक अर्ब ८३ कारेड ९३ लाख १८, आयकरतर्फ रु ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ रु चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ रु ९२ लाख ४२ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए ।
यो अघिल्लो आर्थिक वर्ष २०८०\0८१ को सो अवधिको तुलनामा रु २८ करोड भन्दा बढी राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८०\0८१ को सो अवधिमा रु चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात रु दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व सङ्कलन भएको थियो ।
प्रमुख सुवेदीका अनुसार चालु आव २०८१्\८२ मा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्यअभिवृद्धि तर्फ पाँच हजार आठ सय ४९, अन्तशुल्कतर्फ एक हजार पाँच सय ९८, विथहोल्ड तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् ।
पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइ जस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit