काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का ६६ अर्ब ९३ करोड रुपैयाँ माथिको बजेट प्रस्तुत गरेको छ।
सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिए ।
उनले चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० अहार अर्थात कुल विनियोजनको ३४.३१ प्रतिशत र पुजिँगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार अर्थात् कुल विनियोजनको ६५.६९ प्रतिशत रकम विनियोजन गरेको बताए ।
बजेटको स्रोत व्यवस्थापन गर्न प्रदेश सरकारले कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। त्यसैगरी अन्य राजस्वबाट ७ अर्ब ७३ करोड रुपैयाँ र संघीय सरकारबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने अनुमान प्रदेश सरकारको छ।

















प्रतिक्रिया दिनुहोस्