Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सेरेसको पाँच दिने ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज, टेस्ट ड्राइभ क्याम्प आजबाट

सेरेसको पाँच दिने ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज, टेस्ट ड्राइभ क्याम्प आजबाट
विज्ञापन
Advertisement

काठमाडौँ। एमएडब्लु वृद्धि अन्तर्गत ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरी, २०२५ सम्म हुने ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ । सो अफर नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौँ उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चारवटा शेरुमहरुका साथै उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरूमा पाँच दिन सम्म ग्राहकहरुले सो सुविधा पाउने छन् । अफर कार्यक्रमले सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर ग्राहकलाई प्रदान गर्ने कम्पनीको विश्वास छ । सेरेसले नगद छुट, निःशुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य एवं बोनस सहित विभिन्न अफरहरू प्रदान गर्ने उल्लेख गरेको छ । अफरमै ग्राहकले इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका पाउने समेत कम्पनीले जनाएको छ ।

लोमान्थाङभन्दा माथि ४६६० मा अवस्थित चुनौतीपूर्ण कोरला पास पुग्ने पहिलो ईभी बन्दै सेरेसले नेपालमा विद्युतीय गतिशीलताको सीमालाई पुनःपरिभाषित गरिसकेको छ । यो उपलब्धिले ब्रान्डको नवप्रवर्तन, स्थायित्व र पर्फर्मेन्सप्रति अटल प्रतिबद्धता प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।
बलियो निर्माण र आफ्नो खण्डमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल शहरी यात्राको लागि मात्र नभई नेपालको विविधतापूर्ण भूभागमा पुग्न र अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएका छन् । नवप्रवर्तन, कार्यसम्पादन र दिगोपनमा ध्यान केन्द्रित गर्दै सेरेस ईभीहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ मापदण्डहरू स्थापित गरिरहेको भनाइ कम्पनीको छ ।

यो कार्यक्रमले सम्भावित ग्राहकहरूका लागि सेरेस ब्रान्डलाई परिभाषित गर्नुका साथै यसका उन्नत सुविधा र अनुपम लक्जरी अन्वेषण गर्न एक उत्तम प्लेटफर्म प्रदान विश्वास कम्पनीको छ । ‘यदि तपाईं ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले सुवर्ण अवसर प्रदान गर्दछ। सेरेससँगै ड्राइभिङको भविष्य अनुभव गर्न चाहने ग्राहकहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं,’ एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिका बिजनेस हेड प्रशन्न पन्तले भने ।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit