
काठमाडौँ। एमएडब्लु वृद्धि अन्तर्गत ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरी, २०२५ सम्म हुने ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ । सो अफर नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
काठमाडौँ उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चारवटा शेरुमहरुका साथै उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरूमा पाँच दिन सम्म ग्राहकहरुले सो सुविधा पाउने छन् । अफर कार्यक्रमले सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर ग्राहकलाई प्रदान गर्ने कम्पनीको विश्वास छ । सेरेसले नगद छुट, निःशुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य एवं बोनस सहित विभिन्न अफरहरू प्रदान गर्ने उल्लेख गरेको छ । अफरमै ग्राहकले इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका पाउने समेत कम्पनीले जनाएको छ ।
लोमान्थाङभन्दा माथि ४६६० मा अवस्थित चुनौतीपूर्ण कोरला पास पुग्ने पहिलो ईभी बन्दै सेरेसले नेपालमा विद्युतीय गतिशीलताको सीमालाई पुनःपरिभाषित गरिसकेको छ । यो उपलब्धिले ब्रान्डको नवप्रवर्तन, स्थायित्व र पर्फर्मेन्सप्रति अटल प्रतिबद्धता प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।
बलियो निर्माण र आफ्नो खण्डमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल शहरी यात्राको लागि मात्र नभई नेपालको विविधतापूर्ण भूभागमा पुग्न र अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएका छन् । नवप्रवर्तन, कार्यसम्पादन र दिगोपनमा ध्यान केन्द्रित गर्दै सेरेस ईभीहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ मापदण्डहरू स्थापित गरिरहेको भनाइ कम्पनीको छ ।
यो कार्यक्रमले सम्भावित ग्राहकहरूका लागि सेरेस ब्रान्डलाई परिभाषित गर्नुका साथै यसका उन्नत सुविधा र अनुपम लक्जरी अन्वेषण गर्न एक उत्तम प्लेटफर्म प्रदान विश्वास कम्पनीको छ । ‘यदि तपाईं ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले सुवर्ण अवसर प्रदान गर्दछ। सेरेससँगै ड्राइभिङको भविष्य अनुभव गर्न चाहने ग्राहकहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं,’ एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिका बिजनेस हेड प्रशन्न पन्तले भने ।
प्रतिक्रिया दिनुहोस्