images images
images images
images

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक, मूल्य ४८ लाख ९९ हजार तोकियो

images
images
images

काठमाडौँ । नेपाली सडकमा बाक्लो उपस्थिति जनाएको टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ नेपाली बजारमा उपलब्ध गराएको छ । सिप्रदी ट्रेडिङले गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नेक्सनको नयाँ डिजाइन ‘नेक्सन केथ्री’ गाडी सार्वजनिक गरेको हो ।

ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के–थ्रीमा ३६० डिग्री क्यामरा समेत जडान गरिएको छ । यसमा ९८ किलोवाट क्षमताको मोटर जडान गरिएकाले  प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको डिजाइनमा पनि पहिलाभन्दा ब्यापक परिवर्तन भएको कम्पनीले जनाएको छ ।

images
images

कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ठूलो संघर्षका पछि नयाँ मोडल नेपाली बजारमा ल्याइएको र गाडीको बजार मूल्य पनि किफायती भएको बताए ।
‘हामीले मूल्यको लागि धेरै नै सङघर्ष गर्यौं । बजारमा मूल्य कति होला भनेर धेरैले सोधिरहनुहुन्थ्यो तर एकदमै किफायती मूल्यमा नै ‘नेक्सन केथ्री’ सार्वजनिक गरेको छौं । मूल्य ४८ लाख ९९ हजार तोकेका छौं । यसमा ७.२ किलोवाटको एसी चार्जर उपलब्ध गराएका छौं ।’
नेक्सन के–थ्री मोडलको आइतबारबाटै बुकिङ खुला गरिएको छ ।

कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको जनाएको छ । नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभी भारत एनक्यापमा पाँच स्टार सेफ्टी रेटिङ पाउन सफल मोडल भएको पनि कम्पनीले उल्लेख गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्