Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक, मूल्य ४८ लाख ९९ हजार तोकियो

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक, मूल्य ४८ लाख ९९ हजार तोकियो
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाली सडकमा बाक्लो उपस्थिति जनाएको टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ नेपाली बजारमा उपलब्ध गराएको छ । सिप्रदी ट्रेडिङले गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नेक्सनको नयाँ डिजाइन ‘नेक्सन केथ्री’ गाडी सार्वजनिक गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के–थ्रीमा ३६० डिग्री क्यामरा समेत जडान गरिएको छ । यसमा ९८ किलोवाट क्षमताको मोटर जडान गरिएकाले  प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको डिजाइनमा पनि पहिलाभन्दा ब्यापक परिवर्तन भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ठूलो संघर्षका पछि नयाँ मोडल नेपाली बजारमा ल्याइएको र गाडीको बजार मूल्य पनि किफायती भएको बताए ।
‘हामीले मूल्यको लागि धेरै नै सङघर्ष गर्यौं । बजारमा मूल्य कति होला भनेर धेरैले सोधिरहनुहुन्थ्यो तर एकदमै किफायती मूल्यमा नै ‘नेक्सन केथ्री’ सार्वजनिक गरेको छौं । मूल्य ४८ लाख ९९ हजार तोकेका छौं । यसमा ७.२ किलोवाटको एसी चार्जर उपलब्ध गराएका छौं ।’
नेक्सन के–थ्री मोडलको आइतबारबाटै बुकिङ खुला गरिएको छ ।

कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको जनाएको छ । नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभी भारत एनक्यापमा पाँच स्टार सेफ्टी रेटिङ पाउन सफल मोडल भएको पनि कम्पनीले उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit