Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा

त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
विज्ञापन
Advertisement

काठमाडाैँ । यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दू रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।

माघ २५ सम्म सञ्चालन हुने खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने छ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् । यस्तै, नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्ने छ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

माघ २१ मा थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ मा थाइल्यान्ड र नेपाल, माघ २३ मा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । यस्तै, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit