Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

सभापति कप फुटबलमा संकटा कक्लव फाइनलमा प्रवेश

सभापति कप फुटबलमा संकटा कक्लव फाइनलमा प्रवेश
विज्ञापन
Advertisement

काठमाडाैँ । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी सभापति कप फुटबलमा संकटा कल्ब फाइनलमा प्रवेश गरेको छ। संकटाले मछिन्द्रलाई सडन डेथमा पराजित गर्दै सभापति कपको फाइनल यात्रा तय गरेको हो। सोमबार दशरथ रंगशालामा भएको खेलको टाइब्रेकरमा संकटा ८–७ को रोमाञ्चक जित निकाल्न सफल भयो।

विज्ञापन
Advertisement
Advertisement

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो। संकटाका कप्तान तथा गोलरक्षक दीप कार्कीले आयुष घलानको प्रहार बचाउँदै खेलमा निर्णायक भूमिका खेले। मछिन्द्रका लागि दयानन्द सिंहको प्रहार भने बाहिरिएको थियो।

संकटाका लागि इमान बोएटाङले निर्णायक पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे। संकटाका अन्य खेलाडीहरू राम थापा, श्रीजन क्षेत्री, सन्तोष खत्री, साम कार्लोस, दीप कार्की, अबेका रिचर्ड, र रोश पहारीले पनि पेनाल्टीमार्फत गोल गरेका थिए।

मछिन्द्रको तर्फबाट समीरराज थोकर, दिवाकर चौधरी, सनिष श्रेष्ठ, ओमोलाजा नुरिन करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, र विमल घर्तिमगरले गोल गरे। संकटाले उपाधिका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र न्यु रोड टिम एनआरटीको विजेतासँग खेल्ने छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit