Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

महालक्ष्मी विकास बैंक वित्तीय र प्रविधिगत क्षेत्र दुवैमा उत्कृष्ट प्रदर्शन

महालक्ष्मी विकास बैंक वित्तीय र प्रविधिगत क्षेत्र दुवैमा उत्कृष्ट प्रदर्शन
विज्ञापन
Advertisement

काठमाडाैँ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१\ ८२ को दोस्रो त्रैमासको वित्तीय विवरणमा उत्कृष्ट प्रदर्शन गर्दै वित्तीय परिसूचकहरुमा आफ्नो स्थिति बलियो बनाएको छ। बैंकको आधार दर ७.४८ प्रतिशत र कोषको लागत ५.२९ प्रतिशत रहेको छ, जुन धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुको तुलनामा कम हो।

विज्ञापन
Advertisement
Advertisement

आधार दर कम हुँदा ऋणीहरुले कम ब्याजदरमा ऋण लिन सक्नेछन्, जसले ग्राहकहरुलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ। बैंकको न्यूनत्तम पुँजी कोष अनुपात १४.९९ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तोकेको मापदण्डभन्दा माथि छ। यसले बैंकलाई जोखिम व्यवस्थापन र व्यवसाय विस्तार गर्न सघाउ पुर्‍याउनेछ।

आर्थिक प्रदर्शनका हिसाबले पनि बैंकले गत वर्षको तुलनामा ठूलो प्रगति गरेको देखिन्छ। आर्थिक वर्ष २०७९\८० मा  ३७.७५ करोड खुद मुनाफा भएकोमा ३३ प्रतिशतले वृद्धि गरी २०८०\८१ मा । ५०.०३ करोड खुद मुनाफा हासिल गरेको छ। साथै, प्रति सेयर आम्दानी १२ र शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत पुगेको छ।

डिजिटल बैंकिङ्ग सेवाहरुमा पनि बैंकले उत्कृष्ट काम गरेको छ। बैंकले महालक्ष्मी स्मार्ट साथीू एपमार्फत ग्राहकलाई मुद्धती खाता खोल्ने, कर्जा माग गर्ने, र केवाईसी फारम भर्ने जस्ता अत्याधुनिक सुविधाहरु उपलब्ध गराएको छ, जसले ग्राहक अनुभवलाई अझ सहज बनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit