images
images
images

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार गर्न सहमति

images
images
images

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । मंगलबार चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघी भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सम्बन्धमा सहमति भएको हो ।

इजरायलमा शान्ती स्थापना भएसँगै कृषि,सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने एक कार्यक्रमका बीच सहमति भएको हो ।
चेम्बरका अध्यक्ष अग्रवालले इजरायलको कृषि, सूचना प्रविधि नेपालमा भित्र्याउने सन्दर्भमा सहयोग गर्न राजदूत बाससँग आग्रह गरे । ‘इजरायलमा भर्खरै युद्ध विराम भई शान्ति स्थापना भएको छ ।’ सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपाली कामदारहरुलाई रोजगारी दिन आग्रह गर्छु,’ अध्यक्ष अग्रवालले राजदूत बाससंग भने ।

images
images

नेपालमा कृषि, जलविद्युत, पर्यटन, होटल लगायतका क्षेत्रमा राम्रो लगानीको सम्भावना रहेको भन्दै त्ससका लागि कानूनी वातावरण सहज बन्ने अवस्थामा रहेकाले नेपाल र इजरायलका व्यवसायीहरुबीच बी टु बी माध्यामबाट लगानीका अवसरहरु खोज्नुपर्ने धारणा अध्यक्ष अग्रवालको छ । चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले इजरायल र नेपालबीच आईटी क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने साथै अन्य देशको तुलनामा नेपालको सूचना प्रविधिजन्य व्यवसायमा जनशक्ति सस्तो र भौगोलिक दृष्टिकोणले उपयुक्त भएको उल्लेख गरे ।

दुवै देशका लगानीकर्ताबीच भेटघाट र छलफलका लागि सहजिकरण गर्ने बताएका राजदूत बासले चेम्बर पदाधिकारीसँगको भेटमा नेपालमा सहकार्य गर्न पाउँदा खुसी भएको प्रतिकृया दिए । उनले इजरायल सरकार नेपालसँग घरेलु कामदार, कृषि सँगै अन्य क्षेत्रको श्रमिक लैजानका लागि पनि सम्झौता गर्न तयार रहेको बताए । इजरायलको न्यूनतम ज्याला नै १६ सय अमेरिकी डलर रहेकाले त्यसको लाभ नेपाली कामदारले लिनुपर्नेमा बासले जोड दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्