Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सीओपीडीमा जागरूकता बढाउन नयाँ मानक स्थापित

सीओपीडीमा जागरूकता बढाउन नयाँ मानक स्थापित
Procareer
विज्ञापन
Advertisement

काठमाडौँ । सिप्लाको ‘टेक चार्ज –आई प्लेज’ अभियानले ६ देशका ४ हजार ३५० डाक्टरहरूलाई संलग्न गराएर क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) मा जागरूकता बढाउन नयाँ मानक स्थापित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो उपलब्धिलाई एशिया बुक अफ रेकर्ड्सले सीओपीडी जागरूकताका लागि सबैभन्दा धेरै डाक्टरलाई संलग्न गराएको अभियानको रूपमा मान्यता प्रदान गरेको छ। जसलाई ‘टेक चार्ज–आई प्लेज’ नाम दिएको थियो ।
सिप्ला ईएमईयूका सीईओ स्वपन मालपानीले भने, ‘ सीओपीडीलाई एक समय क्रममा बढ्दै जाने फोक्सोको रोगको रूपमा चिनिन्छ र यो विश्वव्यापी रूपमा मृत्युको चौथो प्रमुख कारण हो । २०२१ मा, यसले करिब ३५ लाख मानिसको मृत्युको कारण बनेको थियो । जुन विश्वव्यापी मृत्युहरूको करिब ५ प्रतिशत हो । डाक्टरहरूलाई अभियानमा संलग्न गराउनुको हाम्रो उद्देश्य समयमै रोगको निदान र प्रभावकारी व्यवस्थापनको महत्त्वलाई उजागर गर्नु थियो । जसले दीर्घकालीन स्वास्थ्य परिणामहरूमा सुधार ल्याउन सक्छ । यो अभियानले डाक्टर–बिरामीको सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको थियो ।’

इमर्जिङ मार्केट्स एन्ड यूरोप बिजनेस युनिट (ईएमईयू) ले एशिया बुक अफ रेकर्ड्समा नयाँ कीर्तिमान राख्न सफल भएको सिप्ला लिमिटेडले जनाएको छ । ‘सीओपीडीमा सिप्लाले नेपाल, म्यानमार, श्रीलंका, मलेशिया, ओमान र यूएईका गरी कुल ४,३५० डाक्टरहरूलाई सीओपीडी बारे जागरूक बनाउन प्रतिज्ञा अभियानमा संलग्न गराएको थियो।

यसमा स्वास्थ्यकर्मी, बिरामी र हेरचाहकर्ताहरूको बीचमा अर्थपूर्ण संवाद प्रवर्द्धन गर्नुका साथै सिप्लाको श्वासप्रश्वास रोग जागरूक प्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने लक्ष्य राखिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit