Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

क्यान इन्फोटेक माघ २४ देखि आयोजना गरिँदै

क्यान इन्फोटेक माघ २४ देखि आयोजना गरिँदै
विज्ञापन
Advertisement

काठमाडौँ ।  ३०औं संस्करणको ‘क्यान इन्फोटेक’ मेला बिहीबारदेखि काठमाडौँमा आयोजना हुँदै छ । ‘क्यान इन्फोटेक’को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । माघ २४ देखि २८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने ‘क्यान इन्फोटेक २०२५’को तयारी अन्तिम चरणमा पुगेको आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ ‘क्यान महासंघ’ ले पत्रकार सम्मेलन गरी सोमबार जानकारी दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नविनतम प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेकको आयोजना हुँदै आएको छ । ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह–शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम तय भएको आयोजकले जानकारी गराएको हो । इन्फोटेकको गोल्ड स्पोन्सर नेबुला मोबिलिटी प्रा.लि. (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस.पावर बीपीई प्रा.लि. र अनलिमिटेड टेक्नोलोजी प्रा.लि (ज्याप) रहेका छन् ।

प्रर्दशनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा. लि. म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल, मेगाटेक ग्रुप, हाइ–टेक इन्जिनियरिङ (डिजिकम), पाइन ओबरसिज, सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग गरेको आयोजकले उल्लेख गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा विट्सा, असोसियो, टीओए सफ्टवेयर कर्प लगायतको सहयोग रहेको क्यान महासंघले जनाएको छ ।

नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा क्यान इन्फोटेकले सहयोग पुग्ने बताइन् । ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष पाण्डेले भनिन् । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग नीतिगत पक्षमा नजिकबाट सहकार्य गरिरहेको उनको भनाई छ । उनले सबैको सामूहिक प्रयत्नबाटै डिजिटल नेपालको सपना पूरा हुने धारणा राखिन ।  क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रुपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरु, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायतका सामग्रीको प्रदर्शन गर्नेछ ।

यस पटक अवलोकन कर्ताले क्यान इन्फोटेक अवलोकनका लागि अनलाइनबाट टिकट खरिद गर्न सक्छन् । टिकट मूल्य सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ शूल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले बताए । क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहने गरी तयार थालिएको छ ।

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ । क्यान इन्फोटेकमा नवीनतम् शिक्षण उपकरणका रूपमा अटो सेल्फ ड्राइभिङ कार प्रदर्शनी गरिनेछ । क्यान इन्फोटेकमा करिब १५० विभिन्न स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको बताइएको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । साथै, प्रर्दशनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको अपेक्षा छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit