images
images
images

‘दुःखी आत्मा’ले एक सातामै लगानी उठायो, अब नाफाको चरणमा

images
images

काठमाडौं । निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘दुःखी आत्मा’ ले प्रदर्शनको एक सातामै आफ्नो लागत उठाउन सफल भएको छ । २ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण भएको यो चलचित्रले देशभर १०० भन्दा बढी शो पाइरहेको छ ।

उनले दोस्रो साता फिल्मि मध्यमस्तरमा शो पाइरहेको उनको भनाई छ । निर्देशक लामाले चलचित्रको सफलताप्रति खुशी व्यक्त गर्दै भने, ‘यो सातामा हामी लगानीको हिसाबले सेभ छौं, अब बाँकी हाम्रो मुनाफा हुनेछ।’ विदेशी चलचित्रमा यौन स्वास्थ्यसम्बन्धी विषयहरू उठान गरिए पनि नेपालमा भने यो विषयलाई कमै स्थान दिइएको छ। यही कारण आफूले ‘दुःखी आत्मा’ निर्देशन गरेको लामाले बताउँदै आएका छन् ।

images
images

‘एडल्ट ड्रामा’ भनिएको यो चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारको दमदार अभिनय रहेको छ । प्रणय दिवस (भ्यालेन्टाइन डेको) अवसर पारेर प्रदर्शनमा आएको चलचित्रलाई आलोक शुक्लाले छायांकन तथा निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

images
images

प्रतिक्रिया दिनुहोस्