Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

‘दुःखी आत्मा’ले एक सातामै लगानी उठायो, अब नाफाको चरणमा

‘दुःखी आत्मा’ले एक सातामै लगानी उठायो, अब नाफाको चरणमा
विज्ञापन
Advertisement

काठमाडौं । निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘दुःखी आत्मा’ ले प्रदर्शनको एक सातामै आफ्नो लागत उठाउन सफल भएको छ । २ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण भएको यो चलचित्रले देशभर १०० भन्दा बढी शो पाइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

उनले दोस्रो साता फिल्मि मध्यमस्तरमा शो पाइरहेको उनको भनाई छ । निर्देशक लामाले चलचित्रको सफलताप्रति खुशी व्यक्त गर्दै भने, ‘यो सातामा हामी लगानीको हिसाबले सेभ छौं, अब बाँकी हाम्रो मुनाफा हुनेछ।’ विदेशी चलचित्रमा यौन स्वास्थ्यसम्बन्धी विषयहरू उठान गरिए पनि नेपालमा भने यो विषयलाई कमै स्थान दिइएको छ। यही कारण आफूले ‘दुःखी आत्मा’ निर्देशन गरेको लामाले बताउँदै आएका छन् ।

‘एडल्ट ड्रामा’ भनिएको यो चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारको दमदार अभिनय रहेको छ । प्रणय दिवस (भ्यालेन्टाइन डेको) अवसर पारेर प्रदर्शनमा आएको चलचित्रलाई आलोक शुक्लाले छायांकन तथा निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit