Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

अन्तर–बैंक ट्रान्सफर शुल्क हटाउन माग

अन्तर–बैंक ट्रान्सफर शुल्क हटाउन माग
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले एक बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा लाग्ने सेवा शुल्क तत्काल खारेज वा पुनरावलोकन गर्न सरकारसँग माग गरेकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अवस्थीले डिजिटल अर्थतन्त्र निर्माणको मार्गमा यस्ता शुल्कहरू बाधक बनेको बताइन् । सरकारले नगदरहित (क्यासलेस) कारोबारलाई प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा भने साना प्रयोगकर्ताहरू मारमा परेको उनको भनाइ छ। ‘हामी एकातिर क्यासलेस अर्थतन्त्रको कुरा गर्दैछौँ, अर्कोतिर एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा लाग्ने १० रुपैयाँ सेवा शुल्क अझै कायम छ’, सांसदले भनिन्, ‘यसले गर्दा थोरै रकमको कारोबार गर्ने आम नागरिक र साना व्यवसायीहरू निरुत्साहित भएका छन्। डिजिटल कारोबारलाई सर्वसुलभ बनाउन यो शुल्क हटाउन आवश्यक छ।’

यस्तै, उनले व्यावसायिक प्रयोजनका लागि व्यक्तिगत क्युआर कोड प्रयोग गर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै सदनको ध्यानाकर्षण गराइन् । व्यक्तिगत क्युआरमार्फत हुने कारोबारले व्यावसायिक कारोबार व्यक्तिगत खातामा जाँदा राज्यले प्राप्त गर्ने कर गुम्ने जोखिम रहेको, कारोबारको वास्तविक प्रकृति नखुल्दा पारदर्शितामा कमी आउने, तथा बिलिङ र कानुनी उपचारका क्रममा उपभोक्ताहरू समस्यामा पर्न सक्ने उनको भनाइ छ।

पछिल्लो समय नेपालमा क्युआर भुक्तानी, मोबाइल बैंकिङ र डिजिटल वालेटको प्रयोग उल्लेख्य रूपमा बढेको छ। तर, प्रभावकारी अनुगमन र जनमैत्री नियमनको अभावमा प्रविधि साना प्रयोगकर्ताका लागि बोझिलो बन्दै गएको सांसद अवस्थीले बताइन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit