Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

१ करोड बढी बजेट पाएको महिला बालबालिका मन्त्रालयको खर्च शून्य, लुम्बिनीको बजेट खर्च एक चौथाइ मात्र

१ करोड बढी बजेट पाएको महिला बालबालिका मन्त्रालयको खर्च शून्य, लुम्बिनीको बजेट खर्च एक चौथाइ मात्र
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा लुम्बिनी प्रदेशमा कुल विनियोजित बजेटको एक चौथाइ मात्र खर्च भएको छ । लुम्बिनी प्रदेशका मन्त्रालय र अन्य प्रादेशिक कार्यालयले चालु र पुँजीगत खर्च गरी २४ दशमलव ४७ प्रतिशत खर्च भएको छ । प्रदेशमा चालुतर्फ विनियोजित कुल रकम ११ अर्ब २४ करोड २७ लाख ८४ हजार भएकोमा त्यसको २६ दशमलव २४ प्रतिशत अर्थात दुई अर्ब ९५ करोड पाँच लाख १८ हजार सात सय ४७ रुपैया खर्च भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, पुँजीगत तर्फ कुल २४ अर्ब ५८ करोड ५९ लाख विनियोजित भएकामा माघ मसान्तसम्म त्यसको २२ दशमलव ४० प्रतिशत अर्थात पाँच अर्ब ५० करोड ६७ लाख तीन हजार सात सय ८८ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशका प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए। सार्वजनिक तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पुँजीगततर्फ एक करोड १५ लाख विनियोजन भएकामा त्यसमध्ये एक रुपैयाँ पनि खर्च भएको छैन । यस्तै, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले १७ करोड ७४ लाख बजेटमध्ये एक दशमलव ३७ प्रतिशत अर्थात रु २४ लाख २७ हजार तीन सय ४३ रुपैया मात्र खर्च गरेको छ ।

माघ मसान्तसम्ममा सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयले पुँजीगत खर्च गरेको छ । मन्त्रालयले ६९ दशमलव ६७ प्रतिशत खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले दुई अर्ब ५७ करोड ५९ लाखमध्ये एक अर्ब ७९ करोड ४० लाख ११ हजार ४०१ रुपैयाँ खर्च गरेको छ । यसैगरी प्रदेश लोक सेवा आयोगले विनियोजित ७० लाखमध्ये २९ दशमलव २७ प्रतिशत अर्थात २० लाख ४९ हजार १८ रुपैयाँ खर्च गरेको छ । यस्तै, पुँजीगततर्फ प्रदेशसभाले २९ दशमलव १० प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चार दशमलव २५, आर्थिक मामिला मन्त्रालयको २३ दशमलव १८, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको चार दशमलव ५१ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १४ दशमलव ७३ प्रतिशत खर्च भएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २१ दशमलव ३३ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले छ दशमलव १९, भौतिक पूर्वाधार विकास मन्त्रालय १८ दशमलव १६, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय २३ दशमलव २४, सामाजिक विकास मन्त्रालय आठ दशमलव ८० प्रतिशत, प्रदेश योजना आयोगको ती दशमलव ४३ प्रतिशत खर्च भएको छ ।

लुम्बिनी प्रदेशले अर्थ तथा विविध खर्चको लागि चालु खर्चमा ७५ करोड ३७ लाख ७६ हजार र पुँजीगत खर्चको लागि ३५ करोड रुपैयाँ विनियोजन गरेकामा त्यसबाट हालसम्म एक रुपैयाँ पनि खर्च भएको छैन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit