Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

‘एनपी–सर्ट’ मा चुनिए १३ सदस्यीय नयाँ कार्यसमिति, साइबर सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा

‘एनपी–सर्ट’ मा चुनिए १३ सदस्यीय नयाँ कार्यसमिति, साइबर सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी–सर्ट) मा नयाँ नेतृत्व आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा.राजीव सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा प्रा.डा. सुदन झा, ई.तुलसीराम श्रेष्ठ र सुमन कुमार शर्मा रहेका छन्। महासचिवमा डा. सुमन थपलिया निर्वाचित हुँदा सचिवमा कृष्णप्रसाद पाण्डे र कोषाध्यक्षमा प्रविण खड्का चयन भएका छन् । नयाँ कार्यकारी सदस्यहरूमा रेजिना डाँगी, ई. रुचि पाण्डे, सुदीप घिमिरे, दीक्षा राउत, ई. सन्तोष श्रेष्ठ र रामकृष्ण दाहाल रहेका छन् ।

साधारणसभाले महासचिवले पेश गेको वार्षिक आर्थिक प्रतिवेदन र कोषाध्यक्षले पेश गरेको लेखा प्रतिवेदन छलफलपछि पारित भएको छ । नयाँ कार्यसमिति चयनसँगै सहभागीहरूले एनपी–सर्टको ब्रान्डिङ सुधार गर्ने, डेटा सुरक्षामा ध्यान केन्द्रित गर्ने तथा साइबर सुरक्षाको सुदृढीकरणमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउन सुझाव दिए । निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारीले नयाँ कार्यसमितिलाई शुभकामना दिँदैआगामी दिनमा पनि एनपी–सर्ट नेपालमा साइबर सुरक्षालाई सुदृढ बनाउन सक्रिय रहने विस्वास व्यक्त गरे । संगठनको नवीनतम ध्यान र रणनीतिक दृष्टिकोणले साइबर जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहलहरू सञ्चालन गरी राष्ट्रिय साइबर सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा अधिकारीको छ ।

यसअघि एनपी–सर्टको सल्लाहकार डा.सुब्बा नेतृत्वको नयाँ कार्यसमितिले संस्थाको स्तर वृद्धि गर्न आगामी तीन वर्षे कार्यकालका लागि विभिन्न योजना बनाएको बताए ।
अध्यक्ष सुब्बाका अनुसार आगामी कार्यकालमा साइबर सुरक्षालाई जनचेतना, प्रविधि विकास, नीति निर्माण तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट उच्च प्राथमिकतामा राखी अघि बढाइने छ । कार्यक्रममाअन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा साइबर सुरक्षासम्बन्धी सम्मेलन आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा साइबर सुरक्षा चेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन, साइबर सुरक्षा प्रशिक्षण र क्षमता विकास, साइबर सुरक्षामा योगदान दिने व्यक्तिहरूलाई सम्मान, थिंक ट्याङ्क समूह गठन, अन्तर्राष्ट्रिय संस्थाहरू तथा विज्ञहरूसँग सहकार्य, नीति निर्माणमा सरकारलाई सहयोग, डिजिटल फोरेन्सिक ल्याब तथा सुरक्षा सञ्चालन केन्द्रको स्थापना लगायतका योजना समावेश गरिएका छन् । उनले भने, “आजको डिजिटल युगमा साइबर सुरक्षा कुनै विलासिता नभई आवश्यकतामा बदलिएको छ । नेपालमा पनि साइबर अपराधका घटना बढ्दै गएका छन् । यसलाई रोक्न हामीले आफ्नो तर्फबाट अधिकतम पहल गर्नेछौँ । अबको प्राथमिकता साइबर सुरक्षामा जनचेतना बढाउँदै नेपाललाई सुरक्षित डिजिटल राष्ट्रका रूपमा अघि बढाउनु हो ।”

सुब्बासँग आईसीटी, विपद व्यवस्थापन र साइबर सुरक्षामा कार्य गरेको करिब ३० वर्षको अनुभव छ । नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहेका सुब्बा संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरु तथा तीन अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा आवद्ध छन् ।संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञानमा विद्यावारिधि हासिल सुब्बाले लामो समयदेखि सरकारलाई सूचना प्रविधि, साइबर सुरक्षा तथा विपद् व्यवस्थापनको नीति निर्माणमा सहयोग गर्दै आएका छन् । एनपी–सर्टमा आवद्ध नयाँ कार्यसमितिका सदस्यहरू लामो समयदेखि साइबर सुरक्षा क्षेत्रमा सक्रिय रही विभिन्न संस्थामा कार्य गर्दै नेपालमा साइबर सुरक्षाको प्रवर्द्धनका लागि निरन्तर योगदान दिँदै आएका छन् ।

एनपी–सर्ट २०१६ मा स्थापना भएको साइबर सुरक्षासँग सम्बन्धित संस्था हो । यसले नेपालमा सूचना सुरक्षाको प्रवर्द्धन गर्न काम गर्छ । यो साइबर सुरक्षासम्बन्धी स्थानीय समस्या रिपोर्ट गर्नका लागि एकल सम्पर्क बिन्दु हो । एनपी–सर्टले संस्थाहरू तथा कम्प्युटिङ समुदायलाई सुरक्षा घटनाहरूको रोकथाम, पहिचान र पुनःस्थापना लगायतका प्रक्रियामा सहयोग पुर्‍याउनुका साथै सम्भावित साइबर खतराहरू र उदाउँदा सुरक्षा घटनाहरूबारे सचेतना फैलाउने काम गर्दै आएको छ । यसले नेपाल सरकार, क्यान महासंघ, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक, नेपाल प्रहरी र निजी आईटी क्षेत्रसँग सहकार्य गर्दै नेपालका डिजिटल पूर्वाधारको सुरक्षामा योगदान दिइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit