Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामान ढुवानीको भरपर्दो साधन नपाएर हैरान हुनुहुन्छ ? अब ‘टिम भरिया’ एपले सहजै गरिदिन्छ यस्ता काम

सामान ढुवानीको भरपर्दो साधन नपाएर हैरान हुनुहुन्छ ? अब ‘टिम भरिया’ एपले सहजै गरिदिन्छ यस्ता काम
विज्ञापन
Advertisement

काठमाडौं । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ। टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरेर ल्याइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

एप बुधबारबाट सञ्चालनमा ल्याइएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल फुँयालका अनुसार ‘टिम भरिया’ एप राइड सेयरिङ एपहरू पठाओ र इन्ड्राइभ जस्तै विशेषता भएको एप हो । उनले ढुवानी साधनहरूले भोग्दै आएको समस्यालाई समाधान गर्ने उद्देश्यले एप विकसित गरिएको जानकारी दिए।

फुँयालले भने, “हाल ट्रक वा अन्य गाडीहरूले सामान ढुवानीका लागि ट्रान्सपोर्ट कम्पनीहरूमा गएर कुरिरहनुपर्ने अवस्था छ। त्यस्तै, कम्पनी वा सप्लायर्सले ट्रान्सपोर्टरलाई सामान लोडिङ गर्न अनुरोध गर्दा पनि सहज रूपमा उपलब्ध हुन सक्दैनन्। यी समस्याहरू हटाउन एप ल्याइएको हो।”

‘टिम भरिया’ एपमार्फत कम्पनी वा सप्लायर्सले पठाउनुपर्ने सामानको विवरण प्रविष्ट गरी चाहेको स्थानमा सहजै सामान पठाउन सक्नेछन् । राइडरहरूले उक्त विवरण हेरेर भाडा स्वीकार गर्न वा आवश्यक परेमा समायोजन गर्न सक्ने गरी एप बनाइएको छ ।

एपमा तीन प्रकारका साइनअप विकल्पहरू छन् – ‘आई एम ड्राइभर’, ‘आई एम कार्गो’, र ‘आई एम ट्रान्सपोटर’। साथै, एपमा डोमेस्टिक र लङ रुट गरी दुई फरक क्याटेगोरीमा गाडीहरू उपलब्ध रहेका छन्। जसकारण सेवाग्राहीले आवश्यकता अनुसार आफ्ना सामान नजिक वा टाढा दूरीमा पठाउन सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit