Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हिमालयन लाइफ इन्स्योरेन्सको १७औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित

हिमालयन लाइफ इन्स्योरेन्सको १७औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा आइतबार सभा सम्पन्न भएको हो। कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीहरूका लागि १४ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सभामा सञ्चालक समितिलाई कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी दिने निर्णयसमेत गरियो। बोनस सेयर वितरणपछि चुक्ता तथा जारी पूँजी वृद्धि हुने भएकाले यससम्बन्धी प्रावधान परिमार्जन गर्न अनुमति दिइएको हो। त्यस्तै, सभाले गत आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरेको छ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्तावसमेत स्वीकृत गरिएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। सभामा एक आधा दर्जनभन्दा बढी सेयरधनीहरूले आफ्ना धारणा राखेका थिए। सभालाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले हिमालयन लाइफ इन्स्योरेन्सलाई नेपालकै नम्बर एक जीवन बीमा कम्पनी बनाउने लक्ष्यसहित आफू र सम्पूर्ण कर्मचारीहरू प्रतिबद्ध रहेको बताए। उनले कम्पनीलाई अझ मजबुत बनाउन नवीन रणनीतिहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

सेयरधनीहरू उत्साहित, कम्पनीको भविष्यप्रति विश्वास

सभामा उपस्थित सेयरधनीहरूले कम्पनीको निरन्तर प्रगति र सेवा सुधारका लागि प्रशंसा व्यक्त गरेका छन्। बोनस सेयर वितरणको निर्णयले लगानीकर्ताहरूमा थप उत्साह थपिएको छ। कम्पनीले आफ्नो व्यावसायिक योजनालाई सुदृढ बनाउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit