Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

अटोमोबाइल उद्योगका चुनौती र सम्भावनाबारे सीएनआई युवा उद्यमी मञ्चमा छलफल

अटोमोबाइल उद्योगका चुनौती र सम्भावनाबारे सीएनआई युवा उद्यमी मञ्चमा छलफल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले ‘ एक उच्चस्तरीय अन्तर्क्रिया गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सम्पन्न अन्तरक्रियामा ‘सीइओ फोरमः इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक उच्चस्तरीय छलफल गरेको जनाइएको छ।

कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायिक नेतृत्व, नीति विज्ञ र उद्योगीहरूसँग छलफल भएको हो । छलफलमा नेपालको कर्पोरेट र औद्योगिक ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो।

छलफलका प्यानलिस्टहरूमा सीजी होल्डिङ्ग्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक तथा नाइमा अध्यक्ष ऋतु सिंह वैद्य (टोयोटा प्रतिनिधि) र सिमेक्स इंक प्रालिका सीईओ साहिल श्रेष्ठ (बीवाईडी प्रतिनिधि) लगायत सहभागी थिए । कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए ।

छलफलका क्रममा अटोमोटिभ क्षेत्रका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो । सो अवसरमा आयोजित खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र समग्र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरेको बताइएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit