Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

रामादा बाई विन्धाम इटहरीद्वारा विश्वकप लक्षित प्रिमियम ‘स्टेकेसन’ प्याकेज सार्वजनिक

रामादा बाई विन्धाम इटहरीद्वारा विश्वकप लक्षित प्रिमियम ‘स्टेकेसन’ प्याकेज सार्वजनिक
विज्ञापन
Advertisement

इटहरी । फिफा विश्वकपको माहोललाई लक्षित गर्दै रामादा बाई विन्धाम इटहरीले फुटबलप्रेमीका लागि विशेष ‘स्टेकेसन’ प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा रहेर आरामदायी वातावरणमा विश्वकपका खेलहरूको आनन्द लिन चाहने पाहुनालाई लक्षित गरी होटलले यो योजना ल्याएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

‘ठूलो खेल टेलिभिजनमा, प्रिमियम सेवा तपाईंको कोठामै’ भन्ने अवधारणामा आधारित यस प्याकेजअन्तर्गत पाहुनाले आफ्नै कोठामा बसेर फिफा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। होटलका सबै कोठामा टेलिभिजनको व्यवस्था रहेकाले भीडभाडयुक्त स्थानमा जानुपर्ने झन्झट बिना आरामदायी रूपमा खेलको रोमाञ्च लिन सकिने होटलले जनाएको छ।

होटलका अनुसार यो प्याकेज एक्लै बसेर खेल हेर्न चाहने फुटबलप्रेमीदेखि साथीभाइ वा परिवारसँग मिलेर विश्वकपको उत्साह साझा गर्न चाहने पाहुनाका लागि उपयुक्त हुनेछ। प्याकेजको शुल्क एक जनाका लागि ६ हजार ५०० रुपैयाँ र दुई जनाका लागि ७ हजार ५०० रुपैयाँ तोकिएको छ। उक्त शुल्कमा सबै कर समावेश गरिएको छ। प्याकेज लिने पाहुनाले शाकाहारी वा मांसाहारी हल्का परिकारसँगै बियरको सुविधा पनि प्राप्त गर्नेछन्। साथै होटलको पौडी पोखरी, साउना र बाफ स्नान कक्षको पूर्ण प्रयोग गर्न सकिने व्यवस्था गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

विश्वकपका सेमिफाइनल र फाइनल खेलका अवसरमा होटलले विशेष ठूलो पर्दामा सामूहिक खेल अवलोकन कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ, जसले फुटबल समर्थकलाई उत्साहपूर्ण वातावरणमा खेल हेर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

यस प्याकेजमा उपलब्धताका आधारमा बेलुका ४ बजेसम्म ढिलो चेकआउट तथा अतिरिक्त खानपान सेवामा १० प्रतिशत छुटको सुविधा पनि समावेश गरिएको छ। होटलका अनुसार यो योजना रिसोर्टजस्तै आरामदायी अनुभवसँगै विश्वकपका प्रत्येक क्षणलाई विशेष बनाउने उद्देश्यले तयार गरिएको हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit