Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

माओवादीको तराई मधेस जागरण अभियान सुरु

माओवादीको तराई मधेस जागरण अभियान सुरु
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा अभियानको उद्घाटन गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर सकिनेछ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका नेता कार्यकर्ता परिचालित हुने माओवादीले जनाएको छ ।

माओवादीका अनुसार, केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन बस्नेछन् । स्थानीय टोली एक महिनासम्म पूर्णरूपमा परिचालित हुने माओवादीले जनाएको छ ।

गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार, अभियान सुरु भएको हो । अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit