Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

डीपसीक एलएलएमलाई टेक्नो एआई स्मार्टफोनमा राख्दा अझ शक्तिशाली बनेको कम्पनीको दाबी

डीपसीक एलएलएमलाई टेक्नो एआई स्मार्टफोनमा राख्दा अझ शक्तिशाली बनेको कम्पनीको दाबी
विज्ञापन
Advertisement

काठमाडौं । एक विश्वव्यापी टेक दिग्गज, नवीनतम र उत्कृष्ट प्रविधि ल्याउन प्रतिबद्ध ब्रान्ड, टेक्नोले डीपसीक एलएलएमलाई टेक्नो एआईमा समावेश गरेर आफ्नो स्मार्टफोनहरूलाई नयाँ स्तर प्रदान गरेको छ । यस समायोजनले टेक्नो अझ स्मार्ट र द्रुत बनेको छ ।

विज्ञापन
Advertisement
Advertisement

डीपसीक एलएलएमले टेक्नो फोनहरूलाई एआई क्षमताहरू प्रदान गर्दछ जसले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र उपयोगी टुल्सहरु पहिले भन्दा उन्नत र सहज रूपमा काम गर्ने कम्पनीको दाबी छ।

डीपसीक एलएलएमसँग टेक्नो एआईले दैनिक कार्यहरूलाई सजिलो र छिटो बनाउँछ जसले विद्यार्थी, व्यवसायी वा प्रविधि प्रेमीहरुको दैनिक दक्षतामा वृद्धि गर्ने बताइएको छ।

टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीजस्ता प्रिमियम सुविधाहरूसहित किफायती मूल्यमा अत्याधुनिक प्रविधिहरू प्रदान गर्दै नेपालमा ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीको दाबी छ।

डीपसीक एलएलएममार्फत, टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्दैछ, जसले नेपालभरका प्रयोगकर्ताहरू शहरहरूदेखि दुर्गम क्षेत्रहरूमा समेत कनेक्टेड र स्मार्ट अनुभव सुनिश्चित गर्ने कम्पनीका  अधिकारीहरूले बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit