Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

युवालाई प्रधानमन्त्रीको आश्वासन –देशमा असाधारण विकास हुँदैछ, निराश हुनु पर्दैन

युवालाई प्रधानमन्त्रीको आश्वासन –देशमा असाधारण विकास हुँदैछ, निराश हुनु पर्दैन
विज्ञापन
Advertisement

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताएका छन् ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मंगलबार प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने तर्क गरे ।

विज्ञापन
Advertisement
Advertisement

उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको बताए । जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुुपर्छ । तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ ।’’,

यस्तै उनले निजी विद्यालयलाई गुठीमा लानैपर्छ भन्ने नभएको र शैक्षिक क्षेत्रलाई खेलबाड गर्ने थलो बनाउनु नहुनेतर्फ जोड दिए । “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसइईमा ५२ प्रतिशत अनुत्तिर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ,’’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले एसइईमा धेरै संख्यामा विद्यार्थी अनुत्तिर्ण हुने गरी पढाउने शिक्षकलाई तलव बढाउन नसकिने बताए । उनले विद्यार्थीलाई बुुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने धारणा राखे ।

आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारी रुपमा काम हुन नसकेको स्वीकार गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit