Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

पहिलो मन्त्रिपरिषद् बैठकपछि ट्रम्पले भने–ईयूबाट आयात हुने वस्तुमा चाँडै २५ प्रतिशत कर वृद्धि हुन्छ

पहिलो मन्त्रिपरिषद् बैठकपछि ट्रम्पले भने–ईयूबाट आयात हुने वस्तुमा चाँडै २५ प्रतिशत कर वृद्धि हुन्छ
विज्ञापन
Advertisement

एजेन्सि । दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पहलो पटक मन्त्रिपरिषद् बैठक बोलाए । बुधबार ह्वाइट हाउसमा १ घण्टाभन्दा बढी चलेको बैठक पछि प्रश्न–उत्तर सत्रमा परिणत भएको थियो । ट्रम्पको दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा संघीय कर्मचारीहरूलाई चेतावनी दिएको विषय, युरोपेली संघमाथि कर लगाउने ट्रम्पको घोषणा, क्यानडा र मेक्सिकोमाथि कर लगाउने योजनालगायतत विभिन्न पाँच विषयमाथि बैठकमा छलफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ट्रम्पले बैठकमा युरोपेली संघ (ईयू) को जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको बताएका छन् । ‘युरोपेली युनियनको गठन संयुक्त राज्य अमेरिकालाई पेचिलो बनाउनका लागि गरिएको हो । यसको उद्देश्य यही हो र उनीहरूले यसमा राम्रो काम गरेका छन् । तर, अहिले म राष्ट्रपति भएको छु ।’

ट्रम्पले आफ्नो पछिल्लो कर वृद्धिको विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘हामीले कर वृद्धिसम्बन्धि एउटा निर्णय गरेका छौं, त्यसलाई चाँडै नै घोषणा गर्नेछौं, करवृद्धि २५ प्रतिशत हुनेछ,’ उनले भने ।  युरोपेली आयोगले ट्रम्पको भनाइप्रति तुरुन्तै जवाफी प्रतिक्रिया दिँदै भनेको छ, ‘युरोपेली संघ विश्वको सबैभन्दा ठूलो स्वतन्त्र बजार हो । यो संयुक्त राज्य अमेरिकाका लागि वरदान साबित भएको छ ।’

इयूले नयाँ कर वृद्धिको ‘दृढतापूर्वक र तुरुन्तै’ प्रतिक्रिया दिने पनि बताएको छ । हालैका साताहरूमा, अमेरिकी प्रशासनले युरोपेली सामानहरूमा उच्च आयात करहरू लगाउने प्रतिज्ञा गरेको र यसले संयुक्त राज्य अमेरिका र युरोपबीचको साझेदारीलाई उथलपुथलको अवस्थामा पु¥याएको छ ।

अमेरिकाले इयूबाट अमेरिका निर्यात हुने सामानमा लगाउने करको हाराहारीमा नै उसको सामानमा कर वृद्धि हुने दाबी इयूका अधिकारीले गरेका छन् ।
ट्रम्पले जेलेन्स्कीको भ्रमणको पुष्टि गरे

यस्तै, बैठकपछि ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार ह्वाइट हाउसमा आउने कुरा पुष्टि गरे । उनले अमेरिका र युक्रेनबीच खनिज सम्झौता हुने तर, विस्तृत विवरण भने स्पष्ट भइसकेको बताए। ट्रम्पले भने, ‘हामीले युक्रेनलाई दिएको पैसाको पुनःप्राप्ति गर्नेछौं। कर तिर्ने अमेरिकी जनताले अनावश्यक भार बेहोर्नु हुँदैन ।’

सम्झौतको बदलामा जेलेन्स्कीले भने युक्रेनलाई अमेरीकी सुरक्षा प्रत्याभूति गराउनुपर्ने बताएका छन् । तर, ट्रम्पले यो विषयमा अमेरीकाले जिम्मा नलिने बताए । उनले भने, ‘अमेरिकाले कुनै सुरक्षा प्रत्याभूति दिने छैन, यो जिम्मेवारी युरोपको हो ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit