Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

मौद्रिक नीतिको समीक्षालाई लिएर नाडाको असन्तुष्टि : ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने सरकारकाे नीतिकै उपेक्षा

मौद्रिक नीतिको समीक्षालाई लिएर नाडाको असन्तुष्टि : ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने  सरकारकाे नीतिकै उपेक्षा
विज्ञापन
Advertisement

काठमाडाैं । मौद्रिक नीतिको समीक्षालाई लिएर नाडा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले असन्तुष्टि जनाएको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दैै नाडाले ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने सरकारकोन नीतिलाई उपेक्षा गरेको जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

विज्ञप्तिमा भनिएको छ,‘ सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप सरकारले विगतको समयदेखि नै विद्युतिय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा बर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिन्छ । ’

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा सवै प्रकारका विद्युतिय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको उल्लेख गरेको थियो । राष्ट्र बैंकको उक्त नीतिले विद्युतिय सवारी साधनहरुको व्यवसायमा लागेका व्यवसायीहरुलाई ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको जनाएको हो । नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको सन्दर्भमा सो व्यवस्था सराहनिय भएता पनि थप अपेक्षा राखिएको जनाएको छ ।

‘सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन यस एशोसिएशनले यस सन्दर्भमा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पु¥याउनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको यस मौद्रिक नीतिको अर्धववार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतिय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने भनिएको छ’, नाडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नाडाले बैंकको उक्त नीतिबाट विद्युतिय सवारी साधनहरुको प्रयोगमा निश्चित रुपमा कमी आउने जनाएको छ । सरकारको आफनो घोषित नीतिको पालना र विद्युतिय सवारी साधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई शुरक्षित बनाउनका लागि यस अघि कै नीति अर्थात ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्ने व्यवस्थाका लागि समेत नाडाले अनुरोध गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit