Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उखुबारीमा आगलागी, तीन लाख बढीको क्षति

उखुबारीमा आगलागी, तीन लाख बढीको क्षति
विज्ञापन
Advertisement

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका –१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतीराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा–१२ वडाध्यक्ष नवलसिंह रानाले बताए ।
‘हावा चलिरहेका बेला उखुका पात जलाउँदा उखुबारीमा आगो सल्केर पूरै बारीको उखु जलेको छ । झण्डै पाँच सय क्विन्टल काट्नका लागि ठिक्क भएका उखु जलेका छन् ।’
पीडित बमनुले समूहबाट कर्जा लिएर रोपेको पूरै उखु जलेर सखाप भएको बताए ।
‘उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको थिए । दुई दिनभित्र काट्ने तरखरमा लागेका थियौँ, आगलागी हुँदा नोक्सानी व्यहोर्नुपरेको छ ।’ उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए । अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit