Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

भुजुङ हाइड्रोपावरको ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन आजदेखि, कसले दिन पाउँछन आवेदन ?

भुजुङ हाइड्रोपावरको ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन आजदेखि, कसले दिन पाउँछन आवेदन ?
विज्ञापन
Advertisement

काठमाडौं । भुजुङ हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि कित्ता प्राथमिक सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृती पाएको थियो । सोमध्ये कम्पनीले १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि यसअघि निष्कासन गरिसकेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको शेयरमध्ये ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्रका (लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नम्बर -४) बासिन्दाहरूमा बाँडफाँट भैसकेको छ । बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र अन्तर्गत सोही गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाहरूका लागि निष्कासन भई बाँडफाँट गरिसकेको छ।

साथै कम्पनीले १ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले २० हजार कित्ता कर्मचारीका लागि र ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि छुट्याएको छ । कम्पनीले दोस्रो चरणमा आजबाट (माघ १२ गतेदेखि) ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गर्दैछ। प्रतिकित्ता १०० रुपैयाँका दर मूल्य अंकित यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा रहेको भुजुङ हाइड्रोपावर लिमिटेडले निर्माण गरेको माथिल्लो मिदिम जलविद्युत् आयोजना ‘रन अफ रिभर’ प्रकृतिको आयोजना हो। ‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनाको उत्पादन क्षमता ७.५ मेगावाट रहेको छ । बर्खायाममा यसको पूर्ण क्षमता ७.५ मेगावाटमा बिजुली निकाल्छ भने हिउँदमा नदीमा पानी कम हुँदा उत्पादन घट्न सक्छ ।आयोजनाको कुल लागत १ अर्ब ८० करोड ९५ लाख रहेको छ । जसमा निर्माण अवधिको ब्याज समेत समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आइआर बी प्लस’ रेटिङ दिएको थियो। जसले कम्पनीले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit