Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

म विरुद्ध सामाजिक सञ्जालमार्फत नकारात्मक सन्देश फैलाइयो : अध्यक्ष ढकाल

म विरुद्ध सामाजिक सञ्जालमार्फत नकारात्मक सन्देश फैलाइयो : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौँ । आजबाट कम्युटर एशोसिएसन नेपाल (क्यान) इन्फोकेट मेला सुरु भएको छ। काठमाडौँको भृकुटी मण्डपमा आयोजित मेलामा
सम्बोधन गर्दै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सरकारले संसदमा पुर्याएको अध्यादेशले आईटी क्षेत्रमा उत्साह थपिएको बताइन् । उनले भनिन्,
‘सरकारले अब छिट्टै नीति र कार्यविधि बनाएर सुचना प्रविधि सम्बन्धी विध्येकलाई छिटोभन्दा छिटो मुर्त रुप दिनुपर्छ।’

विज्ञापन
Advertisement
Advertisement

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अध्यादेशले आईटी क्षेत्रमा उत्साह सँगै अहिले नयाँ आयाम थपेको बताए ।
उनले भने, ‘अहिले सरकारले ल्याएको आध्यादेशले सूचना प्रविधि क्षेत्रमा अब नेपालिहरुले बाहिर निर्यात गर्न अफिस खोल्न सक्ने गरी सकारात्मक वातावरण बनाइदिएको छ । यो निकै सान्दर्भिक छ।’

यसैबीच ढकालले पाथीभरामा केवलकार निर्माण सन्दर्भमा सामाजिक सञ्जालले गलत सन्देश प्रवाह भएको बताएका छन् ।

उनले भने, ‘सामाजिक सञ्जालले चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास गरिरहेको छ, जुन खेदजनक छ । वैदेशिक रोजगारको जागीर छोडेर नेपालमै केही गर्नुपर्छ भनेर फर्केर आएको मान्छे, अहिले हजारौंलाई रोजगार दिइरहेका छु । तर आज सामाजिक सञ्जालमा मेरो विषयमा गलत सन्देश फैलिएको छ । विभिन्न क्षेत्रमा मैले योगदान दिएको छु ।’
अध्यक्ष ढकालले पाथीभरामा केबलकार बनाउने विषयमा भएको विवादले गलत देखाउन खोजेको हुँदा वास्तविक रूपमा त्यहाँ केबलकर बनाएर यातायातको सुविधा मात्र आफूले दिन खोजेको प्रस्ट पारेका छन् । उनले सामाजिक सञ्जालमा धर्मको नाममा गलत सन्देश फैलाउन खोजिएको बताए । अध्यक्ष ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे ।

आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खर्बौ रुपैयाँ बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै उनले यस
यो क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न सरकारसँग आग्रह गरे । उनले क्यान इन्फोटेक मेलाले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाँकी रहेको बताए । उनले यस क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आगामी दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने साथै आईटीलाई उद्योगको रूपमा विकास गर्दै अगाडि लैजान आवस्यक रहेको सुधारको पाटोमा काम गरिरहेको जानकारी दिए ।

२८ गतेसम्म चल्ने मेलामा सूचना सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेकमा एक नवीनतम स्टिम शिक्षण उपकरणका रूपमा अटो सेल्फ ड्राइभिङ कार प्रदर्शनीमा राखिएको छ । जसले अवलोकनकर्तालाई स्वचालित सवारी प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स, सेन्सर टेक्नोलोजी र प्रोग्रामिङ जस्ता अत्याधुनिक विषयहरू बुझाउन मद्दत गर्नेछ।  त्यस्तै डेटाबोट पर्सनल एसिस्टेन्ट एआईले विद्यार्थीहरूलाई डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स जस्ता विषयहरू व्यवहारिक रूपमा सिक्न मद्दत गर्नेछ । यस्तै, मेलामा विद्यार्थीहरूले तयार पारेका एआई र सफ्टवेयरका प्रोजेक्टहरू पनि प्रदर्शनीमा राखिएका छन् ।

क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहेको जनाइएको छ। यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit