images images
images images
images

नेप्से १४ अंकले घट्यो,आठ अर्ब ९१ करोड बढी कारोबार

images
images
images

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटी २७१५.९१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

मंगलबार आठ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर र ‘अन्य’ समूहको परिसूचक बढेको छ । बाँकी ११ समूहको परिसूचक आज घटेको छ । हाइड्रोपावर समूहको परिसूचक ०.१५ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको परिसूचक ०.४३ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

images
images

७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको भने सेयर मूल्य स्थिर छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यसैगरी, सामुदायिक लघुवित्त ८.३० प्रतिशत, मध्यभोटेकोशी ८.२५, ङादी ८.१९ प्रतिशत र उपकार लघुवित्त ८.१२ प्रतिशतले मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३० करोड रुपैयाँ बढीको कारोबार गरेको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २६ करोड, हिमालयन ऊर्जा विकास कम्पनीको २५ करोड, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २१ करोड र पिपल्स हाइड्रोपावर कम्पनीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कुनै पनि कम्पनीमा सकारात्मक सर्किट लागेको छैन ।

images
images

प्रतिक्रिया दिनुहोस्