images images images
images images images
images
images
images

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तीनाथ विकास बैंक बीच व्यवसायीक सम्झौतामा हस्ताक्षर

images

काठमाडौं । लघु बीमा कम्पनीहरु मध्ये छोटो समयमा उच्च छवि स्थापित गर्न सफल नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तीनाथ विकास बैंक बिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार (डाईभर्स बिजनेश भेण्डर) विविधि लगानीमा जोडीन सहज हुने जनाइएको हो ।

सोही सम्झौताका लागि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल तथा मुक्तीनाथ विकास बैंकको तर्फबाट डीसीईओ समिर शेखर बज्राचार्यले हस्ताक्षर समेत गरेका छन् ।

images
images

सोही अवसरमा नेपाल माइक्रो इन्स्योरेन्सका डीसीईओ अनिल राज गिरी, मनोज कुमार चौधरी (चिफ डेभलेपमेन्ट अफिसर), कारोबार शाखा प्रमुख (ट्रान्जेक्सन हेड) राजेन्द्र पाण्डे क्रमश मुक्तीनाथ विकास बैंकबाट उपस्थित भएका थिए । नेपाल माइक्रोका सीईओ रिमालले सोही सम्झौताले नयाँ नयाँ व्यावसायीक ढोकाहरु खुल्ला हुने विश्वास व्यक्त गरेका छन् । ।

images
images

प्रतिक्रिया दिनुहोस्