Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

काठमाडौं मेरियटमा थाई स्वादको विशेष फुड फेस्टिभल

काठमाडौं मेरियटमा थाई स्वादको विशेष फुड फेस्टिभल
विज्ञापन
Advertisement

काठमाडौं । मेरियट होटेलले थाई खानाको वास्तविक स्वाद राजधानीमै अनुभव गराउने उद्देश्यसहित ‘फ्लेभर्स अफ थाइल्याण्ड’ नामक फुड फेस्टिभल सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

होटेलको एडामामे रेस्टुरेन्टमा आयोजना गरिएको यो फेस्टिभल सोमबार देखि (जुन १५ देखि २५) तारिखसम्म हरेक दिन सञ्चालन हुने आयोजकले जनाएको छ।

फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत रहेका छन्। ओनसँग थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानी तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा बढी अनुभव रहेको बताइएको छ। उनले आफ्नो सिर्जनात्मक पाककला मार्फत पाहुनालाई प्रामाणिक थाई स्वाद प्रदान गरिरहेका छन्।

फेस्टिभलमा थाई खानाका लोकप्रिय तथा परम्परागत परिकार समेटिएका छन्। पाहुनाले सी–फुड स्टार्टरदेखि रिच करी र सुगन्धित चामलका विभिन्न परिकारसम्मको स्वाद लिन सक्नेछन्। प्ला साल्मन, लब्स्टर, टम यम र पाड क्रा पाओजस्ता विशेष परिकार ताजा हर्ब्स र मसालाको प्रयोग गरी तयार गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । आयोजकका अनुसार त्यसैगरी, थाई शैलीबाट प्रेरित सायम गार्डेन, फुकेट स्पाइस म्युल र थाई टी बोबा क्लाउडजस्ता विशेष पेय पदार्थ पनि उपलब्ध गराइएको छ।

होटेलका अनुसार फ्लेभर्स अफ थाइल्याण्डले थाइल्याण्डको जीवन्त सडक संस्कृति र समृद्ध पाक परम्परालाई काठमाडौंमा प्रस्तुत गर्ने प्रयास गरेको छ। ताजा सामग्री, सशक्त मसला र परम्परागत पाक विधिको संयोजनमार्फत प्रत्येक परिकारले थाई खानाको मौलिक कथा सुनाउने विश्वास गरिएको छ।

काठमाडौंको मुटुमा अवस्थित काठमाडौं मेरियट होटेल नेपालका प्रमुख लक्जरी आतिथ्य गन्तव्यमध्ये एक हो। सन् २०१९ देखि सञ्चालनमा रहेको होटेलले अन्तर्राष्ट्रिय सेवा मापदण्डलाई नेपाली संस्कृति र आतिथ्यसँग जोड्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit