काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘एलजी एसेन्सियल सिरिज’का नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ।
‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यस श्रृंखलामा दुई ढोके फ्रिज, पूर्ण स्वचालित वासिङ मेसिन र एयर कन्डिसनर समावेश छन्।
कम्पनीका अनुसार नयाँ उपकरणहरू नेपाली परिवारको आवश्यकता र स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। फ्रिजमा स्वचालित चिस्यान नियन्त्रण प्रणाली र धेरै तरकारी भण्डारण क्षमता, वासिङ मेसिनमा कम पानीको चापमा पनि प्रभावकारी धुलाई गर्ने प्रविधि तथा पानी प्रतिरोधी नियन्त्रण पाटा जडान गरिएको छ। त्यस्तै, एयर कन्डिसनरमा ऊर्जा बचत गर्ने प्रविधि र वातावरणमैत्री ग्यासको प्रयोग गरिएको कम्पनीले जनाएको छ।
एलजी एसेन्सियल सिरिजका उत्पादनहरूको बिक्री नेपालभर जुन २०२६ देखि सुरु भैसकेको छ । यी सामानको मूल्य ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ। उत्पादनहरू आधिकारिक एलजी शोरुम, खुद्रा पसल तथा अनलाइन माध्यमबाट उपलब्ध हुनेछन्।















प्रतिक्रिया दिनुहोस्