Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

ग्लोबल आइएमई बैंकले फोटोपत्रकारलाई विना धितो ५ लाखसम्म कर्जा दिने

ग्लोबल आइएमई बैंकले फोटोपत्रकारलाई विना धितो ५ लाखसम्म कर्जा दिने
विज्ञापन
Advertisement

काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिद गर्न विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।
ग्लोबल आइएमई बैंकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सो सम्बधमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता भएसँगै अब एनएफपिजेका सदस्यले क्यामरा खरिदको लागि २ लाख देखि ५ लाखसम्म विना धितो कर्जा पाउने छन् । बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको उत्कृष्ट बैंकको रुपमा सम्मानित बैंक हो।

ग्लोबल आइएमई बैंकले देशको सतहत्तरै जिल्लामा शाखा सञ्जाल विस्तार गरी ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सहज सेवा प्रदान गर्दै आइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit