images images images
images images images
images
images
images

पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग

images

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शूल्य समयमा सांसद सुरेशकुमार आले मगरले पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृतिबिना केबलकार स्थापना गर्न थालिएको भन्दै आपत्ति जनाए । “विकास गर्ने विषयमा कोही पनि विरोधी छैन तर आइएलओ १६९ अनुसार कुनै पनि क्षेत्रमा विकासका काम अगाडि बढाउँदै गर्दा स्थानीयको स्वीकृति लिनुपर्ने हुन्छ । स्वीकृति नलिइकन, पाथिभरा क्षेत्रका जनतालाई सरकारले जबरजस्ती धरपकट गर्नुहुँदैन ।”

images
images

यस्तै, प्रतिनिधि सभामा पनि केवलकारको विषयले स्थान पाएको छ । आजै दिउँसो बसेको संसद बैठकमा सांसदहरुले केवलकार निर्माण प्रकृयामा सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीयलाई दमन गरेर अघि बढ्न खोजेको आरोप लगाए ।

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवादमा सरकारी वार्ता टोली र स्थानीय सङ्घर्ष समितिबीच मङ्गलवार ६ बुँदे सहमति भएको छ । यो सहमतिसँगै गत माघ १५ देखि कोशी प्रदेशका ९ जिल्लामा जारी यातायात बन्द स्थगन गरिएको छ । हाललाई केबलकार स्टेसन निर्माण कार्य स्थगन गरी आगामी वार्तामा विस्तृत छलफल गर्न सरकारी पक्ष तयार भएको छ ।

यस्तै, सांसद सोनाम गेल्जेङ शेर्पाले सोलुखुम्बुको उत्तरी क्षेत्रमा रहेको नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन हुँदा जनतालाई सास्ती भइरहेको भन्दै तत्काल कर्मचारीको व्यवस्था गर्नुपर्ने माग गरे । “नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन छ , त्यस क्षेत्रका नागरिकले नागरिकले राष्ट्रिय परिचय पत्र पाउन सकिरहेका छैनन, तत्काल कर्मचारीको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछु”, उनले भने ।

images
images

प्रतिक्रिया दिनुहोस्