Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

चितवनको साहारा ठगी प्रकरण : लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

चितवनको साहारा ठगी प्रकरण :  लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश
File Photo
विज्ञापन
Advertisement

काठमाडौँ । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।
बुधबारै साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन उपस्थित भएका लामिछानेको थुनछेक बहस नसकिएपछि हिजो अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको थियो ।

यसअघि, कास्की, काठमाडौँ र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता भैसकेको छ । तर, चितवनमा भने उनलाई ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

यसअघि उनी कास्कीमा ६५ लाख, काठमाडौँमा ६० लाख र रुपन्देहीमा एक करोड धरौटी बुझाएर छुटेका थिए ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit