images images
images images
images

चितवनको साहारा ठगी प्रकरण : लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

images
images
images

काठमाडौँ । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।
बुधबारै साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन उपस्थित भएका लामिछानेको थुनछेक बहस नसकिएपछि हिजो अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको थियो ।

images
images

यसअघि, कास्की, काठमाडौँ र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता भैसकेको छ । तर, चितवनमा भने उनलाई ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

यसअघि उनी कास्कीमा ६५ लाख, काठमाडौँमा ६० लाख र रुपन्देहीमा एक करोड धरौटी बुझाएर छुटेका थिए ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्