images images
images images
images

लामो दूरीको यात्रामा बससेवाको भ्यालेन्टाइन अफर, ५०० रुपैयाँसम्म छुट 

images
images
images

काठमाडौँ ।  मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा टिकटमा छुट अफर दिएको छ । देशका विभिन्न गन्तव्यमा जाने यात्रुहरूलाई टिकट काट्दा ५०० रुपैयाँसम्मको छुट दिने अफर सुरु गरिएको बससेवाले जनाएको छ ।

‘भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाउँ सरर’ भन्ने स्लोगनसहित सुरु भएको बससेवा अफरमा देशभरका जोकोही ग्राहकले सहभागीता जनाउन सक्नेछन् । अनलाइनमार्फत् बसको टिकट काट्नेहरूको संख्या बढिरहेको अवस्थामा जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न यात्रुलाई प्रेरित गर्न उक्त अफर ल्याइएको बससेवाले जनाएको छ ।

images
images

माघ २४ गते बिहीबारदेखि सुरु भएको अफर आगामी फागुन १० गतेसम्म लाग्ने छ । बससेवाले आफ्नो मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने यात्रुलाई अफरको सूची अनुसार छुट उपलब्ध गराउने छ । प्रयोगकर्ताले वेबसाइट तथा मोबाइल एपमा अफर संलग्न गरिएको टिकट खरिद गरी छुट लिन सक्ने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बससेवाका अनुसार लामो दुरीको टिकट काट्नेहरूले ५०० रुपैयाँ छुटमा सीधै टिकट काट्न सक्छन् । त्यसैगरी छोटो दुरी वा न्यूनतम ९०० रुपैयाँको टिकट काट्नेले ३०० रुपैयाँ छुट पाउनेछन् । चितवनभन्दा छोटो दुरीको टिकट काट्ने वा ९०० रुपैयाँभन्दा कम मूल्यको टिकट काट्नेको हकमा भने यो अफर लागू हुनेछैन ।

स्तरीय र नियमित सञ्चालन हुने बसहरूमा यो अफर सञ्चालन गरिने भएकाले यात्रुहरूलाई सहज हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । उनका अनुसार फागुन १० गतेसम्ममा यात्रा गर्ने गरी बुक हुने सबै टिकटमा छुट उपलब्ध हुनेछ । अहिले बससेवाबाट बढीमा २ हजार ८०० रुपैयाँसम्ममा देशका सबै गन्तव्यको टिकट काट्न सकिन्छ ।

बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौँ संख्याका बसका लाखौँ टिकट अनलाइनमार्फत् खरिद गर्न सकिने बससेवाले जनाएको छ । बससेवाको वेबसाइटबाट सिधै वा मोबाइल एपबाट अग्रिम टिकट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्