Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
Oplus_131074
विज्ञापन
Advertisement

काठमाडौँ । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा कथासङ्ग्रह विमोचन गरेका थिए । कथा, गीत, गजल लेखेता पनि सङ्ग्रहित गरेर पहिलोपटक पुस्तकको स्वरुपमा ल्याएको लेखक समिरले बताए ।

विज्ञापन
Advertisement
Advertisement

उनले भने, ‘मैले विभिन्न समयमा लेखेको कथालाई सङ्ग्रहित गरेर पुस्तक बनाएको छु । यो पहिलो प्रयास भएकाले केही कमजोरी हुनसक्छ, तर मैले इमान्दारितापूर्वक यसलाई सृजना गरेको छु । यो मेरा लागि सदैव महत्त्वपूर्ण रहने छ ।’ उनले परिवारको सहयोग र आफ्नो लगनशीलताले लेखनयात्राको पहिलो खुड्किलो उक्लिन सम्भव भएको बताए । उनले जन्मदिन पारेर ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रहलाई इन्डिगो इङ्कले बजारमा ल्याएको हो । उक्त कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा त्रिपाठीले पहिलो प्रयास स्वागतयोग्य रहेको बताए।

‘लेखकको कल्पना शक्तिले धेरै कुरा जोडेको छ । पहिलो कथासङ्ग्रह भएकाले यहाँ भएका केही कमजोरीलाई नजरअन्दाज गर्न सकिन्छ । यसमा रहेका कथामा विविधता रहेका छन्’, साहित्यकार डा त्रिपाठीले भने ।

सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा विष्टले सञ्चारकर्मसँगै लेखकका रूपमा सुरु भएको यात्रालाई सन्तुलन मिलाएर अगाडि बढ्न शुभकामना दिए ।उनले भने,‘उहाँ राम्रो सञ्चारकर्मी भएकाले लेखकका रूपमा परिचय थपिँदै गर्दा दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउनुहुन्छ भन्नेमा विश्वस्त छु । उनको कथामा विविधता छ, रोचकता छ । सामाजिक विकृतिलाई व्यङ्ग्य गर्नुका साथै यसमा सचेत पनि गराइएको छ ।’

यस्तै, सार्वजनिक प्रसारण सेवा नेपालका सदस्य वलले कथाकार समिरलाई कुमार नगरकोटी शैलीको लेखकका रूपमा बुझेको उल्लेख गर्दै सानो कथानकमा कथा बुन्न सक्ने कथाकार भन्दै प्रशंसा गरे । आयोजित कार्यक्रममा साहित्यकार, कवि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit