काठमाडौं । भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारी नेपाली कविता वाचनमा आधारित रियालिटी शो ‘जुनियरः द पोएट आइडल’को विजेता बनेकी छन्।
कवितामार्फत आफ्ना भावना, अनुभव र मौलिक विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै प्रिस्काले निर्णायक तथा दर्शकको ध्यान आकर्षित गरेकी थिइन् । प्रतियोगिताका विभिन्न चरणमा देखाएको आत्मविश्वास, शब्द चयन र सशक्त वाचन शैलीले उनलाई उपाधिसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । ‘द पोएट आइडल’को बाल संस्करणका रूपमा सञ्चालन गरिएको यस प्रतियोगिताले युवा प्रतिभालाई आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ ।
सानै उमेरमा राष्ट्रियस्तरको साहित्यिक मञ्चमा सफलता हासिल गरेकी प्रिस्काको उपलब्धिलाई नेपालीभाषी कविता क्षेत्रका लागि महत्त्वपूर्ण मानिएको छ। प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।















प्रतिक्रिया दिनुहोस्