Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘रूपिका’ उपन्यास माथि परिचर्चा र लेखक केशव घिमिरे सम्मानित

‘रूपिका’ उपन्यास माथि परिचर्चा र लेखक केशव घिमिरे सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित ‘सुप्रभात काव्य गोष्ठी’मा उपन्यासकार केशव घिमिरेद्वारा लेखिएको उपन्यास ‘रूपिका’ माथि विशेष परिचर्चा आयोजना गरिएको छ। कार्यक्रममा उपन्यासकार घिमिरेलाई साहित्यिक योगदानका लागि सम्मानसमेत प्रदान गरिएको थियो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्राध्यापक डा. रमेश प्रसाद भट्टराईको उपस्थिति रहेको थियो। उपन्यास परिचर्चाका लागि समीक्षक डा. भगवान चन्द्र ज्ञवालीले आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए। साथै, स्रष्टा विशेषको रूपमा प्राज्ञ चेतनाथ धमला र कृतिकारका रूपमा स्वयं उपन्यासकार केशव घिमिरे सहभागी रहेका थिए।

डा। ज्ञवालीले उपन्यास ‘रूपिका’ लाई प्रेमप्रधान भए पनि सामाजिक यथार्थलाई गहिरोसँग उजागर गर्ने कृति भएको उल्लेख गरे। उनले भने, “उपन्यासमा भाषिक प्रवाह अत्यन्त प्रभावकारी छ। कतैकतै दार्शनिक चिन्तन देखिन्छ भने व्यवहारवादी दृष्टिकोण पनि व्यापक छ। ग्रामीण जीवनका विसङ्गति, रूढीवाद र परम्परागत सोचप्रति यसले सवाल उठाएको छ।”

उपन्यासमा सिन्धुली जिल्लाको कमला खोच क्षेत्र, चारकोसे झाडी, महाभारत पर्वत र त्यहाँको जीवनशैलीलाई यथार्थपरक रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै समीक्षक ज्ञवालीले सामाजिक विभेद, कुरिती, र शिक्षित समाजमा अझै विद्यमान रूढिवादी सोचको चित्रण उपन्यासले प्रभावकारी ढंगले गरेको बताए।

उनले उपन्यासको कथावस्तु सरल, तर सशक्त रहेको भन्दै पात्रहरूको मनोविज्ञान र सामाजिक दबाबबीचको द्वन्द्व स्पष्ट रूपमा झल्किएको टिप्पणी गरे। उपन्यासमा विवाह, नारी सशक्तीकरण, शिक्षाको महत्त्व, र प्रेममा विवेकको स्थानलाई सन्तुलित रूपमा समेटिएको उनले बताए। ‘यो केवल प्रेमकथा मात्र होइन, सामाजिक परिवर्तनको सन्देश बोकेको कृति हो,’ उनले जोड दिए।

कार्यक्रममा काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौंका वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैले उपन्यासकार केशव घिमिरेलाई आगामी दिनमा अझ सशक्त कृति लिएर आउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit