Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

नयाँ प्रयोगसहित बजारमा आयो निर्मलराज पौडेलको ‘हिस्सिएकी काली’

नयाँ प्रयोगसहित बजारमा आयो निर्मलराज पौडेलको ‘हिस्सिएकी काली’
विज्ञापन
Advertisement

काठमाडौं। गायक तथा सर्जक निर्मलराज पौडेलको नयाँ गीत ‘हिस्सिएकी काली’ सार्वजनिक भएको छ। प्रेम, माया र भावनात्मक सम्बन्धका विषयलाई समेटिएको गीतको भिडियोमा पछिल्लो समय विकसित कृत्रिम बौद्धिकता (एआई) प्रविधिको नवीन प्रयोग गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

निर्मलराज पौडेलको शब्द तथा स्वर रहेको गीतलाई मनिषराज पौडेलले निर्देशन गरेका हुन् । वेलकम एभी प्रोडक्सनको निर्माणमा तयार भएको गीतको भिडियो परम्परागत छायांकन शैलीभन्दा फरक ढंगले आधुनिक प्रविधिको सहायताबाट तयार पारिएको निर्माण पक्षले जनाएको छ।

भिडियोमा सुबु शर्मा, रोशन अर्याल र अनिश शर्माले अभिनय गरेका छन् । विशेष अतिथि कलाकारका रूपमा सुनील भट्टराई र खेमराज पन्तलाई पनि देख्न सकिन्छ।गीतको संगीत निर्देशन मोहित मुनालले गरेका हुन् भने कृष्ण बी. थापा छायांकन निर्देशक छन् । भिडियोको सम्पादन तथा रंग संयोजन मनिषराज पौडेलले गरेका हुन्। गीत सार्वजनिक गर्दै गायक पौडेलले नेपाली संगीत क्षेत्रमा प्रविधिमैत्री सिर्जनाको सम्भावना खोज्ने उद्देश्यले एआई प्रविधिको प्रयोग गरिएको बताएको उल्लेख गरेका छन् । उनका अनुसार कृत्रिम बौद्धिकताको प्रयोगले कम समयमा आकर्षक दृश्य सामग्री तयार पार्न र सिर्जनात्मक परिकल्पनालाई दृश्यमा रूपान्तरण गर्न सहज बनाएको छ।

पछिल्लो समय विश्वव्यापी रूपमा विस्तार हुँदै गएको एआई प्रविधिले गीतसंगीत, चलचित्र तथा दृश्य सामग्री निर्माणका क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोलिरहेको छ। यही परिवेशमा ‘हिस्सिएकी काली’ले नेपाली संगीत क्षेत्रमा प्रविधिको प्रयोगमार्फत नयाँ शैली र सिर्जनात्मक प्रयोगको सम्भावनालाई प्रस्तुत गरेको छ। गीत तथा भिडियोले दर्शक–श्रोताबाट कस्तो प्रतिक्रिया पाउनेछ भन्ने चासोका बीच निर्माण पक्षले यसलाई नेपाली संगीत क्षेत्रमा परम्परागत शैलीभन्दा फरक सिर्जनात्मक प्रयासका रूपमा लिएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit