Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत

साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत
विज्ञापन
Advertisement

म्याग्दी । बेनीका साहित्यकार अजयमिल श्रेष्ठलाई आज रू एक लाख नगदसहित पुरस्कृत गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

धनेश्वरी–तारानाथ स्मृति कोषले बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माविमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई पुरस्कृत गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, कोषका सचिव माधवप्रसाद रेग्मीले श्रेष्ठलाई विशिष्ट कविको रूपमा सम्मानसहित नगद एक लाख पुरस्कार प्रदान गरेका हुन् ।

श्रेष्ठले अनुसन्धानमूलक लेख, रचना, कविता, गीत आदिमार्फत म्याग्दीको इतिहास, कला, साहित्यको संरक्षण र संवर्द्धनमा पुर्‍याएको योगदानवापत सम्मान गरिएको रेग्मीले बताए । पुरस्कृत साहित्यकार श्रेष्ठले स्व पण्डित तारानाथ रेग्मीको जीवनकाव्यलगायत १५ भन्दा बढी पुस्तक प्रकाशन गरेका थिए । कोषले पत्रकारतर्फ नेपाल टेलिभिजनका म्याग्दी समाचारदाता राकेश शर्मालाई १० हजारसहित सम्मान गरिएको थियो । साहित्यतर्फ बेनी नगरपालिका–५ का कृष्णबहादुर बानियाँलाई रू १० हजारसहित सम्मान गरेको छ ।

शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित कोषले हरेक वर्ष शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पुर्‍याउनेलाई सम्मान गर्दै आएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, दाजुहरू मुकुन्द, नारायण, स्व.मोहन र रामप्रसाद रेग्मीलगायत परिवारका सदस्यहरूले रू १८ लाखको कोष स्थापना गरिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit