Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा, गतवर्ष भन्दा १ स्थान तल!

भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा, गतवर्ष भन्दा १ स्थान तल!
विज्ञापन
Advertisement

काठमाडौँ ।  भ्रष्टाचार सूचकांकमा नेपालको एक स्थान खस्किएको छ । नेपाल १०० मा ३४ अंक सहित १०७औं स्थानमा रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपालले झिनो सुधार गरेको हो ।
धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रहरूमध्ये भूटान ७२, भारत ३८, माल्दिभ्स ३८, श्रीलंका ३२, पाकिस्तान २७, बंगलादेश २३, अफगानिस्तानको १७ अंक रहेको छ। चीनले ४३ अंक प्राप्त गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको करप्शन पर्सेप्शन इण्डेक्स (सिपिआई) २०२४ मा १८० देशहरू सम्मिलित छन्। यस सूचकाङ्कमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले बताए।

उनकाअनुसार यस वर्ष विश्व बैंकको सर्वेक्षणमा केही सुधार देखिए पनि वर्ल्ड इकोनोमी फोरम र ग्लोवल इनसाइटको सर्वेक्षणका तथ्यांकले निर्यात, कर, ठेक्का व्यवसाय, आयात जस्ता सरकार र व्यवसायीक क्षेत्रका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको पाइएको छ ।

नेपालले २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३,३३, ३४, ३५, ३४ अंक प्राप्त गरेको छ। भ्रष्टाचार नियन्त्रणका लागि नेपालले राजनीतिक क्षेत्रको सदाचार प्रतिको प्रतिवद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यवसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल्न ट्रान्सपरेन्सी इन्टरनेशनले सुझाव दिएको छ।

विवरण सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा.सागरराज शर्माले नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएकोउल्लेख गरे । उनले देशको शासन व्यवस्थाको चुनौती नै भ्रष्टाचार रहेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit