Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

दुई देशबीचमा पर्यटन प्रवर्द्धन गर्न नेपाल र भुटानका पर्यटन व्यवसायीले गरे छलफल

दुई देशबीचमा पर्यटन प्रवर्द्धन गर्न नेपाल र भुटानका पर्यटन व्यवसायीले गरे छलफल
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाल र भुटानबीच पर्यटन प्रवर्द्धनका लागि अमेन भुटान टुर्स एण्ड ट्रेक्स प्रालिले काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भुटानी पर्यटकीय क्षेत्र तथा त्यहाँको अवस्थाबारे जानकारी दिन व्यवसायीहरुबीच आज प्रवर्द्धन कार्यक्रम आयोजना भएको हो ।

भुटानको पर्यटन व्यवसायको बारेमा जानकारी गराउँदै नेपाल तथा भुटानका व्यवसायीबीच सहकार्य गर्ने उद्देश्यले आयोजित कार्यक्रम सफल भएको अमेन भुटानका प्रबन्ध निर्देशक रन्जित तामाङले बताए । काठमाडौँको दुसुति प्रिन्सेस होटलमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसहित नेपालका ५ सय भन्दा बढी पर्यटन व्यवसायी तथा सो क्षेत्रमा आबद्ध व्यक्तिहरू सहभागी बने।

नेपालका पर्यटन व्यवसायीसँग सम्पर्क समन्वय बढाउन तथा भुटानको पर्यटन क्षेत्रका बारेमा एकै थलोमा बसेर जानकारी आदान प्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको तामाङले बताए । अमेन भुटान ट्राभल एण्ड ट्रेक्स प्रालि भुटानकै सबैभन्दा ठूलो निजी क्षेत्रको पर्यटन प्रवर्द्धन कम्पनी हो । तेस्रो देशका पर्यटकहरू नेपाल हुँदै भुटान जाने र नेपाल तथा भुटानबीच सिधा हवाई सेवाको सहज उपलब्धताका कारण नेपाली व्यवसायीसँग भुटानको पर्यटन प्रवर्द्धन गर्नेबारे अन्र्तर्क्रिया गरिएको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका पर्यटन व्यवसायी ङावा ङिमा शेर्पाले बताए ।

सो अवसरमा भुटानको कला संस्कृति,त्यहाँको धार्मिक पर्यटन तथा भुटानी पर्यटन योजनाका बारेमा जानकारी दिइएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit