Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करण अमेरिकामा

ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करण अमेरिकामा
विज्ञापन
Advertisement

काठमाडौँ ।  ‘टिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को आठौँ संस्करण आगामी अगस्तमा अमेरिकाको कोलोराडोमा हुने भएको छ । काठमाडौँमा मङ्गलबार आयोजित विशेष समारोहबीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करणको समय तय गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा आठौँ संस्करणको समय तय गरिएको हो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ नारासहित आयोजना हुन लागेको उक्त संस्करणमा चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि नै आयोजना हुँदै आएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए ।

‘संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिबारे परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेका हौँ’,उनले भने ।

नेपाल फिल्म सोसाइटी, नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका र हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो । हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले नेपाली चलचित्रको विकास र प्रोत्साहन गर्न कार्यक्रम गर्न लागिएको बताए ।

कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकारहरु हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, मोहन निरौला, बसन्त श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुसाल, तीर्थ थापा, दीपेन्द्र गौचन, मदनदाश श्रेष्ठ, राधेश्याम लेकाली, सुनिल थापा, प्रशान्त ताम्राकार, डा भीमार्जुन आचार्य, अशोक शर्मालगायतको उपस्थिति थियो ।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’ नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानका लागि सन् २०१६ देखि नियमित आयोजना गरिँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit