Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

खानीखोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न, चुनिए नयाँ सञ्चालक

खानीखोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न, चुनिए नयाँ सञ्चालक
विज्ञापन
Advertisement

काठमाडौँ। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा आज धुम्बाराहीमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको अध्यक्षको प्रतिवेदन पारित गरेको छ । त्यसैगरी सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव समेत सभाले पारित गरेको छ ।
उक्त सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गरेको छ । साभाले संचालक द्वय दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको स्थानमा भरत लामिछाने थापा र तारादेवि श्रेष्ठलाई अनुमोदन गरेको छ ।

साथै कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई सभाले अनुमोदन गरेको छ । साधारणसभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit