images images images
images images images
images
images
images

सुनको भाउ एकैदिन ५३ सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

images

काठमाडौं । साताको तेस्रो कारोबारको दिन आज सुन तोलाको ५ हजार ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकै दिन सुन तोलाको ५३ सय रुपैयाँले बढेर एक लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

images
images

सोमबार सोही परिमाणको सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, अघिल्लो कारोबार दिन (आइतबार) सुनको मूल्य एक लाख ८४ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलाको एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज ५५ रुपैयाँ बढेर तोलाको १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्